सामाजिक सुरक्षा योजना : कुनै पनि मन्त्रीका सचिवालय कर्मचारी नै कोषमा समेटिएनन्

तस्बिरः नेपाललाइभ

काठमाडौं- आगामी असोज मसान्तभित्र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण रोजगारदाता तथा श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा सूचिकृत हुन आह्वान गरिरहेको सरकार आफैंले भने मन्त्रीका निजी सचिवालयका कर्मचारीहरुलाई भने कोषमा सूचिकृत गराउन सकेको छैन। कोषमा अनिवार्य सूचिकृत भइसक्नुपर्ने अन्तिम मिति नजिकिए पनि मन्त्रीहरुकै निजी सचिवालयका कर्मचारीहरु कोषमा समेटिन नसकेका हुन्।

 यो पनि हेर्नुहोस्

 बिपीकाे १०५ ओै जन्मजयन्ती 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित अन्य २२ वटा मन्त्रालयका मन्त्रीका कुनै पनि निजी सचिवालयका कर्मचारीहरु कोषमा सूचिकृत भएका छैनन्। कोषको कार्यालयले कुनै पनि मन्त्रालयका निजी सचिवालयका कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको स्पष्ट पारेको छ।

प्रकाशित मिति: : 2019-09-10 07:46:01

प्रतिकृया दिनुहोस्