एडीबीले छाड्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार परियोजना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार परियोजनाबाट एसियाली विकास बैंक (एडीबी) बाहिरिएको छ। 

एडीबीले सन् २०१२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ क्षमता अभिवृद्धि परियोजनामा ऋण र अनुदान लगानी गर्ने सम्झौता गरेको थियो। सम्झौता भएको ७ वर्षसम्म पनि परियोजनाले खास प्रगति गर्न नसकेको भन्दै एडीबी बाहिरिएको हो। एडीबी बाहिरिएसँगै विस्तार योजना पुनः वषौं धकेलिने पक्का भएको छ।

एडीबीले परियोजनाका लागि १० करोड अमेरिकी डलर ऋण र अनुदान दिने सम्झौता गरेको थियो। जसमा पहिलो चरणका लागि बैंकले ६ अर्ब दिनेगरी सम्झौता भएको थियो। नागरिक उड्डयन प्राधिकरणले विस्तारको जिम्मा स्पेनिस कम्पनी पेनिस कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेलाई दिएको थियो।

सान्जोसेले समयमा काम सम्पन्न गर्न नसकेको भन्दै सन् २०१६ मा ठेक्का सम्झौता तोडेको थियो। सान्जोसेसँग पहिलो चरणको विस्तारका लागि ६ करोड १० लाख अमेरिकी डलर रकम बराबरको ठेक्का सम्झौता भएको थियो। 

ठेक्का सम्झौता तोडेको लामो समयसम्म पनि आयोजना अघि बढाउन प्राधिकरण असफल भएपछि एडीबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार कार्यक्रमबाट हात झिकेको हो। एडीबीले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया नदिएपछि प्राधिकरण उच्चस्रोतका अनुसार नेपालले काम गर्न नसक्ने भएपछि एडीबी बाहिरिएको हो। हवाइ क्षमता अभिवृद्धि परियोजनाका प्रमुख बाबुराम पौडेल भने एडीबी बाहिरिएको भन्दा पनि अहिले नविरकण नभएको बताउँछन्। 

केही समयपछि पुनः सम्झौता गर्नेगरी छलफल भइरहेको भन्दै पौडेलले बचाउ गरे। ‘अहिलेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एडीबीको परियोजना छैन। तर नयाँ सम्झौताको तयारी गरिरहेका छौँ,’ अयोजना प्रमुख पौडेलले भने।  

प्रकाशित मिति: : 2019-09-05 19:04:43

प्रतिकृया दिनुहोस्