सच्चिँदै मिडिया काउन्सिल विधेयक, पत्रकार बन्‍न परीक्षा दिनुपर्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नै सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउने गरी संशोधन प्रस्ताव दर्ता गराएको छ । नेकपाका सांसदहरुले राष्ट्रियसभामा रहेको सो विधेयकका विवादित व्यवस्थाहरु सच्याउने गरी सोमबार संशोधन प्रस्ताव दर्ता गराएका हुन् । 

मिडिया काउन्सिल गठन र दण्ड जरिबानासम्बन्धी विधेयकमा प्रस्तावित व्यवस्थामा सरोकारवालाहरुले आपत्ति जनाएका थिए । प्रेस स्वतन्त्रता कुण्ठित गर्ने र सरकारको नियन्त्रण बढाउने गरी विधेयक ल्याइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को विरोध गरेको थियो । चौतर्फी विरोधपछि सत्तारुढ दल नेकपाले पत्रकार महासंघसँग छलफल गर्दै विधेयकमा भएको कमजोरी सच्याउने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताअनुसार नेकपाले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएको हो ।

नेकपाका १४ जना सांसदहरु ठगेन्द्र प्रकाश पुरी, शेरबहादुर कुँवर, रामलखन चमार, उदया शर्मा पौडेल, सिंहबहादुर विश्वकर्मा, नन्दा चपाईं, हरिचरण शिवाकोटी, मीना बुढा, दिलकुमारी रावल थापा, युटोल तामाङ, चक्र स्नेही, जीवन बुढा र भैरवसुन्दर श्रेष्ठले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । 

प्रकाशित मिति: : 2019-09-02 18:09:41

प्रतिकृया दिनुहोस्