२ नम्बर प्रदेशमा बढ्दो भ्रष्टाचार : अख्तियारमा उजुरीको चाङ

जनकपुर । केन्द्रीय सरकारले जस्तै २ नम्बर प्रदेश सरकारले पनि ‘सुशासन र समृद्धि’को नारा दोहोराउने गरेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका भ्रष्टाचारका उजुरी हेर्दा सुशासनको नारा ‘नारा’मै सिमित भएको पुष्टि भएको छ । प्रहरी, निजामति कर्मचारी र जनप्रतिनिधिहरु नै भ्रष्टाचारमा संलग्न भएको आरोपमा रङ्गेहात पक्राउ पर्नुले भ्रष्टाचारको जरा कति फैलिएको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

एक वर्षमा ३ हजार बढी उजुुरी

आर्थिक वर्ष २०७५/०७६ मा मात्रै २ नम्बर प्रदेशमा ३ हजारभन्दा बढी उजुरी परेका छन् ।

अदुवाको बर्दिवास कार्यालयमा २ नम्बर प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सर्लाही र रौतहटमा मात्रै २ हजार ९४ वटा उजुरी परेका छन् । जसमध्ये सबैभन्दा बढी उजुरी धनुषा जिल्लामा ४ सय ९० वटा उजुरी परेका छन् । सिरहामा सबैभन्दा कम ३ सय ४७ उजुरी परेको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।

कतै प्रधानमन्त्रीलाई दिएको 'अञ्जनाको मृगौला'ले काम गर्न छोडेको त हैन ?

रौतहटमा ३ सय ८३, महोत्तरीमा ३ सय ७८ र सर्लाहीमा ३ सय ५० उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले जनाएको छ ।

अख्तियारमा कर्मचारी पदस्थापन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकासमा भएको भ्रष्टाचार सम्बन्धी उजुरी सबैभन्दा बढी परेको निमित्त प्रमुख हरीप्रसाद घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-08-16 11:49:33

प्रतिकृया दिनुहोस्