‘डाक्टरलाई दुःख छ, पाँच ठाउँ कुदेर बाँच्नुपरेको छ’

भनिन्छ, डाक्टरी सम्मानित एवं राम्रो कमाइ हुने उच्च घरानियाँहरुको पेशा हो । शायद यही भएर मध्यम वर्गका मानिससमेत घरबारी बन्धक राखेर आफ्ना छोराछोरीलाई डाक्टरी पढाउन मरिहत्ते गर्छन् ।

तर, नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीका कुरा सुन्ने हो भने दुःखका साथ पढेका नेपालका डाक्टरहरुको हालत फुटपाथमा काम गर्ने मानिसको भन्दा पीडादायी छ । अस्पतालमा थाप्ने तलबले खान नपुगेकै कारण डाक्टरहरुले परिवारसँग समय बिताउन नपाएको र विभिन्न ठाउँमा दौडिएर काम गर्नुपरिरहेको कार्कीको दुःखेसो छ । ‘जतिसुकै आदर्शको कुरा गरे पनि उत्साहित बनाउने भनेको गाँस, बास र कपास हो’ डा. कार्कीले अनलाइनखबरसँग भने, ‘हामीलाई पनि पाँच बजे अस्पतालबाट घर गएर परिवारसँगै बस्न मन हुन्छ । तर, सरकारी तलबले नपुगेपछि ५ ठाउँ कुदेर काम गर्नुपर्ने अवस्था छ ।’

नेपाल चिकित्सक संघले अहिले सरकारले तोकेको तलवमानमा असन्तुष्टि जनाउँदै तलब बढाउन सरकारसित माग गरिरहेको छ । यसै सन्दर्भमा अनलाइनखबरसँग कुरा गर्दै महासचिव डा. कार्कीले भने, ‘डाक्टरलाई एसएलसी पास गरेको शिक्षकसरह मूल्यांकन गरिएको छ । उनीहरुको र हाम्रो तलब उस्तै छ । हाम्रो तलब अहिले पनि साढे ३४ हजार रुपैयाँ हो । त्यसैले यो तलब पुनरावलोकन गर्नुपर्छ भनेका हौं ।’

‘तिकंर काण्ड’ र दार्चुलावासीको भविष्य (भिडियोसहित)

सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक भएपछि नेपाल चिकित्सक संघले विरोध गर्‍यो । एसएलसी पास गरेका शिक्षक र एमबीबीएस डाक्टरको तलब समान भन्ने तर्क पनि सुनियो । तपाईँहरुको असन्तुष्टि के हो ?

नेपालका चिकित्सकहरु पहिले सातौं तहबाट सरकारी सेवामा प्रवेश गर्ने नियम थियो । हामीले ९ औं तहबाट सेवा प्रवेश हुनुपर्छ भनेर लामो संघर्ष गर्‍यौं र करिव एक दशकअघिबाट डाक्टरहरु आठौं तहबाट सेवा प्रवेश गर्ने नियम बन्यो । तर, एमबीबीएस गरेको चिकित्सक ९ औं तहबाट सेवा प्रवेश हुनुपर्छ भन्ने हाम्रो माग यथावत छ ।

नेपालका ठूला 'पावर ब्रोकर' चन्द्र ढकालले तिरे २० लाख जरिवाना

दोस्रो, हाम्रो तलब समय सापेक्ष छैन । डाक्टर बन्नका लागि आईएसस्सी पढेर एमबीबीएस गर्नुपर्छ । त्यसपछि इन्टर्नसिप हुन्छ । यति धेरै लगानी गरेर पढेर आएको डाक्टरलाई एसएलसी पास गरेको शिक्षकहरु सरह मूल्यांकन गरिएको छ । उनीहरु र हाम्रो तलब उस्तै छ । हाम्रो तलब अहिले पनि साढे ३४ हजार रुपैयाँ हो । तलब कम भएकै कारण डाक्टरहरु ५ ठाउँ कुदेर काम गर्नुपर्ने अवस्था छ । त्यसैले यो तलब पुनरावलोकन गर्नुपर्छ भनेका हौं ।

 

प्रकाशित मिति: : 2019-08-13 15:39:33

प्रतिकृया दिनुहोस्