यातायात सुरक्षा: त्रिशूली नदीमा सवारी दुर्घटना नरोकिनुका पाँच कारण

पृथ्वी राजमार्गको धादिङ खण्डबाट शुक्रवार सबेर एउटा यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा नौ जनाले ज्यान गुमाएका छन् भने अझै करिब २० जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। 

गएको जेठ महिनामा पनि धादिङमै त्रिशूली नदीमा काँकडभिट्टाबाट राजधानी आइरहेको अर्को यात्रुवाहक बस खस्दा कम्तीमा १५ जनाको ज्यान गएको थियो।

विसं २०७५ श्रावणदेखि त्रिशूली नदीमा साना ठूला गरी १९ वटा सवारीसाधन खस्दा ५१ जनाले ज्यान गुमाएका छन् भने ९० जना घाइते भएको प्रदेश नं ३ ट्राफिक कार्यलयले जनाएको छ। 

पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवन सडकखण्डका केही स्थानमा दुर्घटनाको जोखिम उच्च रहेको ठानिन्छ। 

ट्राफिक अधिकारीहरूका अनुसार पछिल्लो एक वर्षमा धादिङमा ९५ वटा र चितवनमा ९२ वटा दुर्घटनाहरू भएका छन्। ती दुर्घटनामा कम्तीमा ११६ जनाको मृत्यु भएको र ६२३ जना घाइते भएका थिए।

प्रकाशित मिति: : 2019-08-11 18:44:14

प्रतिकृया दिनुहोस्