कश्मीर विवाद: 'धोका पाएको तीतो अनुभूतिमाझ आँधी आउनुअघिको शान्ति झैँ'

भारत सरकारले झन्डै ७० वर्ष लामो विशेष संवैधानिक हैसियत रद्द गरिदिएपछि सोमवार यता भारत प्रशासित कश्मीर अभूतपूर्व बन्दको अवस्थामा छ। कश्मीर क्षेत्रमा दुई दिन घुमेपछि बीबीसीकी गीता पाण्डे भन्छिन्, धोका पाएको तीतो अनुभूतिले उक्त क्षेत्रमा ताजा द्वन्द्व जन्माउनसक्छ।

श्रीनगरको केन्द्रमा रहेको खानयार भारत विरोधी प्रदर्शनका लागि चिनिने क्षेत्र हो। 

जौमतिको चिन्ता : छोरी बिक्दिन कि!

लगभग २४ घण्टा नै कायम रहेको जस्तो देखिने कर्फ्युको समयमा त्यहाँ पुग्न हामीले आधा दर्जन सडक बन्द गर्न राखिएका अवरोधहरूको सामना गर्नुपर्‍यो।

त्यस्तै एउटा अवरोध नाघ्ने बेला कारबाट बाहिर निस्किएर मैलै फोटो खिच्न खोजेँ। 

‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी सक्रिय

एउटा गल्लीबाट बाहिर निस्किएर केही मानिसहरूले मसँग घेराबन्दीको जस्तो अवस्थामा बाँच्नुपर्दाको आफ्ना अनुभूति सुनाउँदै गुनासो गर्न थाले। 

समूहका एक पाका व्यक्तिले भने, "यो सरकारको तर्फबाट भएको निकृष्ट ठगी हो।" 

प्रहरीसामु चरम आक्रोश

अर्धसैनिक प्रहरीले हामीलाई त्यहाँबाट हटाउन खोजे तर ती व्यक्ति आफ्नो अवाज सुनाउन चाहिरहेका थिए। उनी रिसाउँदै चिच्याए, "तिमी हामीलाई दिनभर थुने जसरी राख्छौ। तिमी हामीलाई राती पनि थुन्छौ।"

ती प्रहरीले त्यहाँ कर्फ्युको अवस्था रहेकाले उनीहरूलाई तुरुन्त भित्र जान भने। तर ती व्यक्तिले आफ्नो अड्डी छाडेनन् र प्रहरीलाई चुनौती दिए। 

मलाई त्यहाँबाट हट्न आदेश दिइयो। तर मैले त्यसो गर्नु अघि नै आफ्ना नाबालक छोरा बोकेर आएका जवान पुरुषले 'भारतविरुद्ध हतियार उठाउन आफू तयार रहेको' आक्रोश सुनाए।

उनले भने, "मेरो यो एउटै छोरा हो। यति खेर यो लड्नका लागि निक्कै सानो छ तर म यसलाई बन्दुक बोक्न तयार गर्छु।"

प्रकाशित मिति: : 2019-08-11 14:16:49

प्रतिकृया दिनुहोस्