प्रदेश सांसदको प्रश्‍न : हामीभित्र मानवीयता हराएर दानवीयता चढ्दै गएको हो?

कुवामा कुकुरले पौडी खेलेको पानी खान बाध्‍य छन् जनता सन्तोष अधिकारी | ९ घण्टा अघि साउन २०, २०७६ पोखरा : गण्डकी प्रदेशसभाका सदस्य हरिशरण आचार्यले जनप्रतिनिधि सुविधाभोगी भएको बताएका छन्।

उनले जनप्रतिनिधिहरू सुविधाको मोलमोलाई गरेर बसिरहेको पनि आरोप लगाए। ‘बाढी पहिरो आएर धेरै संरचनाहरू ध्वस्त पारेको छ। जनताहरू अहिले पनि कुवामा कुकुरले पौडी खेलेको पानी खाएर प्यास मेटाइरहेका छन्’, उनले भने, ‘जनताको यो गति छ। तर, हामी जनप्रतिनिधि सुविधाको मोलमोलाइ गरेर बस्ने? हामीभित्र मानवीयता हराएर दानवीयता चढ्दै गएको हो?’ सरकार जनताको समस्या र पीडाबाट बेखरबर हुँदै गएको उनको आरोप छ।

यो पनि पढ्नुस्

आमा, त्यसैले त महान हुन्छिन् ... (भिडियो रिपोर्ट)

‘हाम्रो प्रदेशका मुख्यमन्त्री एककरोड ८५ लाख पर्ने गाडी चढ्नु हुन्छ’, उनले थपे, ‘कसले कस्ता गाडी चढ्ने भन्ने प्रतिस्पर्धा छ। यही देश होइन प्रधानमन्त्रीले २२ लाखको मुस्ताङ म्याक्स गाडी चढेर हिँडेको?’ उनले पहिले राजामहाराजा सान देखाउन घोडा चढ्ने र अहिले राष्ट्रपतिले भने हेलिकोप्टर चढ्ने गरेको आरोप लगाए।

‘राष्ट्रपति ज्यूको रहर नै हो भने एउटा विमान नै उहाँका लागि सबै जनताले सहयोग गरेर किनौँला’, उनले भने। गोरखाको पालुङटार नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना केन्द्र सरकार र प्रदेश सरकार दुबैको छ। अहिले त्यही पालुंटारको बजारको मध्यभाग हुँदै दोर्दी हाइड्रो पावरको प्रशारण लाइन विस्तार गर्ने विषयले स्थानीय आन्दोलित पनि बनेका छन्...

प्रकाशित मिति: : 2019-08-06 02:04:15

प्रतिकृया दिनुहोस्