सर्वोच्चले ‘लुपहोल’ खोलिदिन्छ, माफियाले चलखेल गर्छन्

मोहम्मद इश्तियाक राई अहिले सहरी विकास मन्त्री छन्। 
मन्त्रालयले नेपालभरका सहरलाई व्यवस्थित बनाउन काम गर्नु पर्ने हो। तर अहिले राजधानी काठमाडौंलगायत देशभरका सहरमा आधारभूत पूर्वाधार पनि व्यवस्थित छैनन्। सहरहरू किन अव्यस्थित छन् र तिनलाई सुधार्न के
-के काम भइरहेका छन् भन्नेबारे सेतोपाटीका बिनु सुवेदी र सन्जिब बगाललेले मन्त्री राईसँग गरेको कुराकानीको सम्पादित अंश: 

मन्त्रीज्यू, ६ वटा महानगरसहित देशका धेरै सहरमा घुमिसक्नुभयो होला।

पक्कै पनि घुमेको छु।

तपाईंको गाडी कहिल्यै सडकको खाल्डोमा परेको छ?

एकदमै परेको छ।

आमनागरिकलाई सहरका सडकमा हिँड्दाहिँड्दै शौचालय जान परेर ‘ल अब कता जाउँ’ भन्ने अवस्था परिरहन्छ, तपाईंलाई कहिल्यै त्यस्तो भएको छ कि छैन? 

किन नहुनु! हुन्छ।

स्थानीय तहलाई पर्याप्त पैसा र साधन दिएकै हो। खुल्ला दिसामुक्त अभियान चलेकै हो। त्यो अभियान कति सफल भयो र कति विफल भयो भनेर छलफल गर्न त सकिँदैन। तर नेपालगञ्ज र काठमाडौंको मात्रै उदाहरण दिने हो भने पनि बेथिति धेरै नै छ। अझ पुरूषलाई भन्दा महिलालाई झन् धेरै समस्या छ।

तथापि हामी परिवर्तनको चरणमा छौं। खानेपानी मन्त्रालयसँगको सहकार्यमा स्मार्ट शौचालय, घुम्ती शौचालय व्यवस्थापन गर्नेतिर  लागिरहेका छौं।  केही समयमै सहरमा देखिएको सार्वजनिक शौचालयको समस्या पनि समाधान हुन्छ।

हिँड्दाहिँड्दै दुर्गन्धले कत्तिको सताउँछ?

मैले स्वीकार गरिसकें। सडकमा खाल्डा बाँकी नै छन, बिजुलीका तार तुर्लङ्ग झुन्डिएका छन्।

सहरी विकास मन्त्रालय आएपछि विस्तारै काम हुन थालेको छ। २०६९ सालभन्दा अघिसम्म पूरै मन्त्रालय पनि थिएन। भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत एउटा महाशाखाका रूपमा सहरी विकासको काम हुन्थ्यो।

कार्यक्षेत्र सीमित थियो। भवनका क्षेत्रमामात्रै काम हुन्थ्यो। कुनै पनि सहरको गुरूयोजना तयार गरेर व्यवस्थित हुनुपर्छ भन्ने थिएन। 

सहरी विकास मन्त्रालय छुट्टिएर आउँदा त्यसको एउटा कम्पोनेन्ट खानेपानी मन्त्रालय पनि छुट्टिएर गइसकेको छ। सहरी विकास मन्त्रालयले गर्नुपर्ने कतिपय संरचनाहरू यसभित्र छैनन। २०७२ सालपछि सघन सहरी कार्यक्रमअन्तर्गत पूराना बस्तीलाई व्यवस्थापन गरेर वातावरणीय हिसाबले ढल, नाली, बाटोघाटो सबैलाई व्यवस्थित गर्नुपर्छ भन्दै तराई-मधेसमै पनि मेचीदेखि महाकालीसम्मका २१ वटा सहरबाट सुरूआत भयो। 
अहिले नेपालगञ्ज, धनगढी, विराटनगरजस्ता सहरको अवस्था तीन वर्षअघिको भन्दा पक्कै पनि परिवर्तन भएको छ।

कोमामा गइसकेको अवस्थाका सहरलाई रूपान्तरण गर्न अझै धेरै समय लाग्छ।

प्रकाशित मिति: : 2019-08-04 12:40:30

प्रतिकृया दिनुहोस्