जापानले आफूविरुद्ध आर्थिक युद्ध छेडेको दक्षिण कोरियाको आरोप

GETTY IMAGES

जापानले थप व्यापार प्रतिबन्धहरूको घोषणा गरेपछि आफूविरुद्ध आर्थिक युद्ध छेडिएको आरोप दक्षिण कोरियाले लगाएको छ। जापानले आफ्ना विश्वासिलो व्यापार साझेदारको सूचीबाट दक्षिण कोरियालाई हटाइदिएपछि दुई देशबीचको तनाव बढेको हो।

यो पनि पढ्नुस्

आत्मियता छ र त जीवन सुन्दर छ!

गत महिना जापानले दक्षिण कोरियाका प्रविधि कम्पनीहरूका लागि आवश्यक रसायनहरूको निर्यातमा बन्देज लगाइ दिएपछि तनाव बढेको थियो। जापानी घोषणालगत्तै दक्षिण कोरियाले जापानविरुद्ध उस्तै नीति लिने घोषणा गरेको छ।

एक अर्काविरुद्ध व्यापार प्रतिबन्धहरूको घोषणा गरेपछि जापान र दक्षिण कोरियाबीचको व्यापारिक तनाव झनै चर्किने सङ्केत देखिएका छन्। जापानी घोषणालगत्तै सोलले टोक्योलाई आफ्ना सबैभन्दा विश्वासिला व्यापारिक साझेदारहरूको सूचीबाट हटाइएको बताएको छ...

प्रकाशित मिति: : 2019-08-02 23:42:34

प्रतिकृया दिनुहोस्