गुठी संस्थानको लापरवाहीः झन्डै रोकियो इष्टदेवी तलेजुको पवित्रारोहण पूजा

तस्बिरः पहिलो पोष्ट

काठमाडौः राजधानीको वसन्तपुरस्थित तलेजु भवानीलाई नेपालको इष्टदेवीका रुपमा पुज्ने गरिन्छ। वर्षभरि नै तलेजु मन्दिरमा अनेकौं पूजाहरु हुने गर्छन्। गथांमुग: को दिन पनि तलेजु भवानीको पवित्रारोहण पूजा हुने गर्छ। बिहानदेखि बेलुकीसम्म विभिन्न चरणमा छुट्टा छुट्टै पूजा हुन्छ।

विशेष गरी यस दिन तलेजु भवानीलाई हातले बनाएको विशेष किसिमको जनै र कपासको धागो तिसा: (गहना) का रुपमा चढाउने गरिन्छ। यस्तै साँझ तलेजु भवानीलाई ९ वटा बोकाको बलि दिने परम्परा रहेको छ।

तर, मंगलबार गथांमुग: का दिन तिनै इष्टदेवी मानिने तलेजु भवानीको पूजा नै रोकिने अवस्था सिर्जना भयो।

पवित्रारोहण पूजाका लागि गुठी संस्थानले पूजा सामाग्रीको व्यवस्था गर्नुपर्ने हुन्छ। संस्थानले सामानको जोहो गरेर पुजारीलाई दिने काम टेन्डर मार्फत् ठेकेदारलाई दिने गरेको छ। गुठी संस्थानले ९ वटा बोका ल्याउने जिम्मेवारी पनि ठेकेदारलाई नै दिएको छ।

मंगलवार भने तलेजु भवानीको पवित्रारोहण पूजा अन्तर्गत बलिका लागि राति साढे ११ बजेसम्म पनि पूजाका लागि चाहिए जस्तो बोका गुठी संस्थानले व्यवस्था नगरिदिँदा मल्लकालमा सुरु भएको इष्ट देवीको पूजा रोकिनै लागेको थियो।

प्रकाशित मिति: : 2019-07-31 17:50:52

प्रतिकृया दिनुहोस्