रोजगारीका नाममा तस्करी-१ : नेपाली कामदार यसरी पुग्छन् युद्धग्रस्त लिबिया

तस्बिरः नेपाललाइभ

काठमाडौं- कामको खोजीमा हरेक दिन १ हजारभन्दा बढी नेपाली युवा विश्वका विभिन्न मुलुकमा पुग्ने गरेका छन्। 

अन्तराष्ट्रिय आप्रवासी संगठन (आइएमओ) तथा इजिप्टको कायरोस्थित नेपाली दूतावासका अनुसार हरेक महिनाजसो ६ जनाभन्दा बढी युवा मानव तस्करको पन्जामा परेर युद्धग्रस्त मुलुक लिबियामा फस्ने गरेका छन्। 
 
वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता भएका युवालाई मानव तस्करले विभिन्न प्रलोभनमा पारेर फसाउने गरेका पनि नयाँ विषय होइन। युद्धग्रस्त अफ्रिकी मुलुक लिबियामा राम्रो काम र कमाईका प्रलोभन देखाएर मानव तस्करले युवालाई कसरी फसाउने गरेका छन् भन्ने कुरा केलाउनु यो सामग्रीको मुख्य ध्येय हो। मानवतस्करका पञ्जामा कसरी पर्छ्न नेपाली युवा? यो प्रश्न उठ्ने गरेको छ। हामीले युद्धग्रस्त लिबियामा फसेर फर्किएका युवाहरुसँग कुराकानी गरेका छौँ। 

000 

सैनामैना-१० रुपन्देहीका गणेश थापामगर मानव तस्करको पन्जामा परेर युद्धग्रस्त लिबियामा ७ महिना बन्धक जीवन बिताएर फर्काइएका युवा हुन्। 

सरकारले प्रतिबन्ध लगाएको मुलुक लिबियामा गणेशलगायत १५ जना युवा एकैपटक फसेका थिए।

दलालको प्रलोभनको पासोमा परेका गणेश थापामगर सहित १५ जनालाई राम्रो काम र कमाइको प्रलोभन देखाएर अवैधानिक बाटो हुँदै गैरकानुनी रुपमा लिबिया पुर्‍याइएको रहेछ। नेपालबाट भारतको बाटोहुँदै लिबिया लैजाने र भारतको बाटो हुँदै जान नमान्नेलाई भिजिट भिसाको सेटिङमा लिबिया पुर्याउने गरिएको उनीहरूले बताएका छन्। 

वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेर फर्किएका र खाडीभन्दा राम्रो कमाई हुने मुलुक भए रोजगारीका लागि सो मुलुकमा जाने सोच बनाइरहेका युवा लिबियाको रोजगारीका नाममा फस्ने गरेको पाइएको छ। 

युद्धग्रस्त लिबियाको त्रिपोलीस्थित ७ महिनाभन्दा बढी अवधि बन्धक जीवन बिताएर फर्किएका गणेशबहादुर थापामगर पनि पहिलो पटकको वैदेशिक रोजगारीका लागि लिबिया नै पुगेका होइनन्। 

युएईमा लेबर कामका लागि पुगेर नेपाल फर्किएका गणेशले देशमै काम गर्ने सोच नबनाएका पनि होइनन्। 'विदेश नजाने सोच बनाएर बंगुर फारम सुरु गरिसकेको थिएँ, बंगुर फारमको काम गर्दागर्दै प्रलोभनमा परेर लिबिया जाने प्रोसेस सुरु गरेँ,' गणेशले भने। 

कसरी पुगे लिबिया? 
रुपन्देहीमा बङ्गुर फारम खोलेर गणेशले व्यवसाय सुरु गरिसकेका थिए। तीन बंगुरबाट सुरु गरेको व्यवसायमा अझै धेरै वटा बङ्गुरका पाठा किनेर व्यवसाय विस्तार गर्ने सोच बनाइरहेका गणेशले छिमेकीहरुसँग ऋण मागे। 

बङ्गुरपालनका लागि कसैले पनि उनलाई ऋण पत्याएनन्।

प्रकाशित मिति: : 2019-07-28 11:36:30

प्रतिकृया दिनुहोस्