काठमाडौं र तराईमा किन भयो बाढीको वितण्डा ?

तस्बिरः रातोपाटी

काठमाडौं–संसदको राज्यव्यवस्था तथा सुशासन समितिले बाढीप्रभावित क्षेत्रको अनुगमन सकेर प्रतिवेदन तयार पारेको छ । समितिमा छलफलका क्रममा रहेको सो प्रतिवेदनमा उपत्यकामा बाढीको समस्या हुनुमा खोला अतिक्रमणलाई औँल्याएको छ भने तराईमा चुरे क्षेत्रको संरक्षण नहुनु र पूर्व सावधानी नहुनुलाई प्रमुख कारक मानिएको छ ।  

गएको असार २६ गतेदेखि अविरल बर्षा, डुवान, पहिरो र बाढीबाट काठमाडौं, भक्तपुरसहित तराईका विभिन्न जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको थियो । 

क्षतिपछि प्रभावित क्षेत्रहरुको अवस्था, घाइतेको उपचार, राहत वितरण, पुननिर्माणका कामहरुका बारेमा संसदको राज्यव्यवस्था तथा सुशासन समितिले साउनको पहिलो साताबाट काठमाडौं, भक्तपुर, जनकपुर पूर्वका प्रभावित जिल्लाहरु सिरहा, सप्तरी, उदयपुर, मोरङ्ग र सुनसरी, जनपुर पश्चिमका जिल्लाहरु धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र बारा जिल्लामा स्थलगत अनुगमन गरेको थियो । 

उपत्यकामा बाढीः खोला अतिक्रमण कारक 
वर्षाका कारण काठमाडौंको कुलेश्वर कलंकी क्षेत्र डुवानमा परेको थियो भने भक्तपुरमा हनुमन्ते खोला सहित अन्य स्थानीय खोलाले असर पु-याएको थियो ।

भक्तपुरमा समिति सभापति शशी श्रेष्ठ सहित १५ जनाको टोलीले र काठमाडौंमा १७ जनाको टोलीले अनुगमन गरेको थियो ।

प्रकाशित मिति: : 2019-07-27 17:07:33

प्रतिकृया दिनुहोस्