एशियामा बलियो हुँदै मिटु अभियान

तस्बिरः एजेन्सी

वुके-सी नयाँ चलचित्रका लागि भयानक कथाको खोजिमा थिइन्। तर आफ्नै चलचित्र उद्योगभन्दा टाढा जानु परेन।

ताइवानकी अभिनेत्री तथा पटकथाकार वुको नयाँ चलचित्र “निना वु” स्टारडमको खोजिमा हिँडेकी अभिनेत्रीको कथा हो जो जसलाई शक्तिमा रहेका एक पुरूषले दुर्व्यवहार गर्छन्। मानसिक चोट दिन्छन्।

वुले हलिवुडमा चलिरहेको ह्याशट्याग मिटु आन्दोलन पछ्याइन्। मनोरञ्जन उद्योगमा यौन दुर्व्यवहारबाट प्रभावित महिलाबारे केही लेख्ने निर्णय गरिन्। मिडी जीको निर्देशन रहेको उक्त चलचित्र सन् २०१९ को कान फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छानिएको छ।

“हार्भी वाइनस्टाइन काण्ड सार्वजनिक भएको दोस्रो वर्ष सन् २०१७ मा मैले धेरै दस्तावेज र अन्तर्वार्ता पढें। जे भयो त्यो जान्न म अत्यन्तै उत्सुक थिएँ,” वुले भनिन्। आफ्नो करियरमा धम्कीको सामना गरे पनि यौन दुर्व्यवहार नझेलेको उनले बताइन्। “अझै पनि हिनताबोध हुन्छ,” उनी भन्छिन्,“त्यसैले आफूलाई ती महिलासँग नजिक पाएँ।”

एशियामा आफ्नै ह्याशट्याग मिटु चलिरहेको छ। यहाँको घरेलु उद्योग पनि अमेरिका र अन्यत्र धेरैको करियर अन्त्य गरेको थुप्रै मुद्दासँग जुझिरहेको छ। यो वर्षको सुरूमा, के पप क्षेत्रमा हंगामा मच्चियो। दक्षिण कोरियामा दुई पुरूष स्टारलाई यौन दुर्व्यवहार गरेको आरोप लाग्यो।

गायक जुङ जून यङले महिलासँग यौन सम्पर्क राखेको भिडियो गोप्य रूपमा खिचेको र मोबाइलको म्यासेन्जर एपमा शेयर गरेको आरोप लाग्यो। उनले पीडितसँग माफी मागे। बिगब्याङ ब्यान्डका कान्छा सदस्य स्योङ्ग्रीले लगानीकर्तालई यौन सेवा दिलाउन खोजेको आरोग लाग्यो। उनले आरोप अस्वीकार गरेर समूहबाट अलग्गिएका छन्।

पोहोर भारतमा तनुश्री दत्ता चर्चामा रहिन्। अभिनेत्री दत्ताले सन् २००८ मा अभिनेता नाना पाटेकरले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएको बयानले भारतमा हलचल मच्चियो। पाटेकरले आरोप गलत भएको बताए। त्यसपछि सामाजिक सञ्जालमा भारतीय अभिनेत्री र लेखकले यौन दुर्व्यवहार र आक्रमणको कथाको बाढी नै ल्याए।

अभिनेता, गायक र चलचित्र निर्माता फरहान अख्तरले उद्योगमा अप्ठ्यारो स्थिति रहेको बताए। उनी संयुक्त राष्ट्र संघको “हि फर सि” दूत हुन्। आफैंले “मेन अगेन्स्ट रेप एन्ड डिस्क्रिमिनेसन” अभियान पनि चलाए।

प्रकाशित मिति: : 2019-07-24 07:59:42

प्रतिकृया दिनुहोस्