रंगशाला पनि नहुनु लाजमर्दो : विराज महर्जन

तस्बिरः नेपाल न्यूज

विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आगामी संस्करण २०२२ मा एसियाली देश कतारमा हुँदैछ। विश्वभरका २ सय ११ देशबाट उत्कृष्ट ३२ मा पर्दै कतारको टिकट काट्ने प्रतिस्पर्धामा आफूलाई समाहित गरिसकेका छन्। पहिलो चरणको छनोट प्रतियोगिताबाट सात टोली बाहिरिएका छन्। अब बाँकी २ सय ४ टोलीबीच दोस्रो चरणको छनोट प्रतियोगिता होम एन्ड अवे पद्दतिमा हुँदैछ। दोस्रो चरणको छनोटका लागि एसियाबाट ४० देशले आठ समूहमा रहेर प्रतिस्पर्धा गदैछन्। नेपाल समूह ‘बी’ मा अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेतसँग परेको छ।

तुलनात्मक रुपमा कठिन समूहमा परेको नेपालले सेप्टेम्बर ५ बाट कम्तिमा पुछारको चारमा नपर्ने लक्ष्यसहित छनोट यात्रा सुरु गर्दैछ। पुछारको चारभन्दा माथि रहन सके २०२३ को एसियन कप छनोटमा सोझै भाग लिन पाइन्छ। तर देशको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला भुईंचालोले क्षतिग्रस्त भएपछि अझै निर्माण सम्पन्न भइसकेको छैन। जसका कारण प्रतियोगितामा नेपालका घरेलु खेल अझै अन्योलमा छन्। नेपालको तयारी र घरेलु खेलको सम्भावना विषयमा नेपालन्युजका लागि सुजन श्रेष्ठले नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जनसँग गरेको कुराकानी :

फिफा विश्वकप छनोटअन्तर्गत एसियाली छनोटको दोस्रो चरणका खेल तालिका सर्वजनिक भइसकेको छ। नेपालको तयारी कस्तो छ?

हामीले यसै प्रतियोगिताका लागि तयारी थालेको झन्डै ५ हप्ता भइसकेको छ। यो बीचमा अमेरिका गएका कारण म आफैचाहिँ हिजोबाट मात्र अभ्यासमा सामेल भएँ। खेलाडीले धेरै मिहिनेत गरिरहेका छन्। यसैबीचमा प्रतियोगिताको ‘ड्र’ पनि सार्वजनिक भयो। हाम्रो समूहमा अस्ट्रेलियाजस्तो बलियो टोली परेको छ। खेलाडीहरू अस्ट्रेलियाविरुद्ध खेल्न उत्साहित छन्। हामी दोस्रो चरणमा खेल्न गइरहेका छौं। त्यसैले पनि सबै खेलाडीहरू अत्यन्तै गम्भीर भएर अभ्यास गरिरहेका छन्। आसा गरौं, नतिजा पनि राम्रो आउनेछ।

नेपाल सम्मिलित समूह ‘बी’लाई कसरी हेर्नु भएको छ?

यसलाई कठिन समूह मान्नुपर्छ। यो समूहमा अस्ट्रेलिया, जोर्डन लगायतका टोली छन्। अस्ट्रेलिया धेरैपटक विश्वकप खेलिसकेको टोली हो। जोर्डन पनि राम्रो छ। चाइनिज ताइपेई, कुवेत पनि राम्रा टोली हुन्। यो प्रतियोगिताको कठिन समूहमध्येको एक हो।

प्रतियोगितामा नेपालको सम्भावना के हो?

सकेसम्म सबैले ठूलो नै आँक्छन्। खेल हो जे पनि हुन सक्छ। ९० मिनेट कसले राम्रो खेल्छ भन्ने हो। अस्ट्रेलिया हाम्रो लागि नयाँ टिम हो। अस्ट्रेलिया र जोर्डन हामीभन्दा धेरै माथि छन्। अन्य टोली पनि राम्रा छन्। तथापि अस्ट्रेलियाबाहेक अरुसँग हामीले खेलिसकेका छौं। जोर्डनसँग पछिल्लोपटक खेल्दा नेपालमा हामीले उनीहरूलाई बराबरीमा रोेकेका थियौं। पछिल्लो मैत्रीपूर्ण खेलमा कुवेत र चाइनिज ताइपेइसँग पनि हामीले राम्रो गरेका छौं। त्यसैले धेरै डराउनु पर्ने अवस्था पनि छैन।

तर हामीले प्रतियोगिताअगाडि पछाडी के हुन्छ भन्नेतर्फ लाग्नुभन्दा पनि यस प्रतियोगितामा राम्रो गर्नेमा ध्यान केन्द्रित गरेका छौं।

प्रकाशित मिति: : 2019-07-23 16:54:11

प्रतिकृया दिनुहोस्