यसकारण डुब्दै छ मधेस

तस्बिरः नागरिक

बेल्हाकट्टी (सिरहा) - ‘हेलिकोप्टरबाट हेर्दा चुरे क्षेत्रका खोला सुक्खा छन्। मधेसमा बाढीको उफान छ। बाढीप्रभावित प्रदेश २ का जिल्लाको हवाई अवलोकनपछि गत बुधबार जनकपुरमा उपप्रधानमन्त्री उपेन्द्र यादवले प्राविधिक टोलीसमक्ष सो विषयमा जिज्ञासा राखे। जलवायु परिवर्तनको प्रभावले छोटो समयमा अत्यधिक वर्षा हुनु र वर्षाको पानी छोटो समयमै बगेर चुरेबाट नदी हुँदै मधेस झर्नुु यसको कारण हो भन्दै कमला नदी नियन्त्रण आयोजना जनकपुरका प्रमुख मनोहरकुमार साहले प्रस्ट्याए। उनले भने, ‘चुरेतर्फ सुक्खा तथा मधेसमा डुबानको मूल कारण चुरेको अनियन्त्रित दोहन हो।’

मधेसमा बाढीले क्षति पु¥याउनु मधेस नभई चुरे पहाड भएको प्रस्ट भएपछि पछिल्लो समय मधेसकेन्द्रित दलका नेताले चुरे दोहन नियन्त्रण मुद्दा जोडतोडले उठाउन थालेका छन्। चुरेबाट मधेस भएर बग्ने नदी दिनदिनै विनासकारी बन्दै जानु अत्यधिक दोहन नै हो भन्दै साहले उपप्रधानमन्त्री यादवलाई प्रस्ट्याएका थिए। ‘अत्यधिक एवं अनियन्त्रित दोहनका कारण चुरेले पानी सोस्ने क्षमता गुमाउँदै गएको छ,’ उनले भने, ‘जसकारण वर्षाको पानी छिट्टै चुरेबाट गेग्रान बोकेर नदी हुँदै मधेसमा प्रवेश गर्छ र यहाँको गाउँबस्ती डुबाउँछ।’ प्रमुख इन्जिनियर साहले मधेसका नदीमा नदीजन्य पदार्थको अवैज्ञानिक उत्खननले तटबन्ध एवं भौतिक संरचना कमजोर भई जोखिममा परेको टोलीलाई बताए।

बाढीको स्थायी समाधान चुरे क्षेत्रको दोहन रोक्नुपर्ने निष्कर्षबाढीको स्थायी समाधान चुरे क्षेत्रको दोहन रोक्नुपर्ने निष्कर्षप्राविधिक र विज्ञहरूको बिफ्रिङ सुनेपछि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाढीको स्थायी समाधान चुरे संरक्षण नै रहेको बताए। उनले चुरेलाई बचाउन र त्यसलाई छेडखानी गर्ने क्रम रोक्नुपर्ने धारणा राखे। गृहमन्त्री रामबहादुर थापाले पनि प्रदेश २ मा बाढीले बितन्डा मच्चाउनुको कारण चुरे विनाश नै प्रमुख भएको बताएका छन्।

प्रकाशित मिति: : 2019-07-23 11:18:39

प्रतिकृया दिनुहोस्