चन्द्रमामा मानव पाइलाका पाँच दशक: अब मानव होइन, रोबोट अन्तरिक्षयात्री

तस्बिरः एजेन्सी

नील आर्म्स्ट्रङले ५० वर्ष पहिले जब आजकै दिन पहिलो पटक चन्द्रमामा पाइला टेके, त्यो क्षण सारा विश्वका लागि प्रेरणादायी क्षण थियो।

तर आधुनिक समयमा ब्रह्माण्ड आन्वेषणमा अर्को खोजकर्ता देखिएको छ, त्यो हो रोबोट।

आमर््स्ट्रङ टोली एपोलो यानबाट चन्द्रमा ओर्लिएको थियो, २० जुलाई १९६९ मा। उनीसँगै अन्य दुई अन्तरिक्षयात्री माइकल कोलिन्सले चन्द्रमामा पहिलो पाइला टेकेका थिए।

‘यो कुनै व्यक्तिका लागि सानो पाइला हो तर मानवका ठूलो फड्को हो,’ चन्द्रमामा पहिलो पाइला टेकेसँगै आर्म्स्ट्रङले भनेका थिए।

एपोलो–११ मा उनीहरू पृथ्वी बाहिर अन्य कुनै खगोलिय पिण्डसम्म पुगेका थिए। सारा विश्व चकित परेको थियो।

त्यसयता खगोलमा भएका सबैभन्दा रोमाञ्चक घटनामध्ये रोबोट आन्वेषकलाई मान् सकिन्छ। ‘रोबोट आन्वेशक सारा सौर्यमण्डल घुमेको छ,’ प्लानेटेरी सोसाइटिकी इमिली लक्डावाल भन्छिन्।

अहिले पनि अन्तरिक्षयात्री खगोलको अन्वेषण गर्छन्। अन्तर्राष्ट्रिय स्पेस केन्द्र एक उदाहरण हो, जहाँ झन्डै २० वर्षदेखि मानिस बस्दै आएका छन्। तर त्यसको उत्सुकता बिस्तारै घट्दैछ।

प्रकाशित मिति: : 2019-07-20 17:49:49

प्रतिकृया दिनुहोस्