मदनकृष्ण श्रेष्ठको जीवन : उनको सम्झना कहिले आँखाबाट झार्छु, कहिले कलमबाट पोख्छु

तस्बिरः रातोपाटी

नेपाली कलाक्षेत्रका एक नक्षेत्र हुन्, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ । उनलाई कलाका खानी भन्दा पनि फरक पर्दैन । अभिनय, लेखन, निर्देशन, गायन मात्र होइन उनीभित्र कलाका थुप्रै विधा अटाएका छन् ।

कलाकारितामार्फत देशविदेशको कुनाकन्दरामा रहेका नेपालीको मनमा बास बस्न सफल श्रेष्ठ सबैका प्रिय र विवादरहित कलाकार पनि हुन् । यिनै कलाकार मदनकृष्ण श्रेष्ठसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मैले पकाएको मिठो मान्थिन्
मिठो खान मनपर्छ । सामान्य नेपाली खाना दाल, भात र तरकारी नै मिठो लाग्छ । मन नपर्ने केही छैन । रेस्टुरेन्ट आफूले पैसा तिरेर खान कम जान्छु । अरूले लग्यो भने धेरै जान्छु ।

रेस्टुरेन्टमा मनपर्ने मम नै हो । परिवारमा धेरैलाई थाहा भएको पनि मम नै हुन्छ । पकाउन रुचि छ, थियो, पकाउँथे पनि ।

श्रीमती हुँदा भान्सामा उनलाई पकाउन सघाउँथे । मैले पकाएको उनी मिठो मान्थिन् । आफैलाई पनि मिठो लाग्थ्यो । सबै परिकार पकाउन जान्दछु । अहिले मनले पकाउन चाहे पनि शरीरले टेर्दैन ।

 

प्रकाशित मिति: : 2019-07-20 17:43:05

प्रतिकृया दिनुहोस्