आज राति लाग्दैछ खण्डग्रास चन्द्रग्रहण : के गर्ने, के नगर्ने?

थाहा संवाददाता

काठमाडौं : मंगलवार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो चन्द्रग्रहण नेपालमा मंगलबारको राति १:४६ मा सुरु भएर बिहान ४ः४५ समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा प्रकाशित पञ्चाङ्गहरूमा उल्लेख छ। यो ग्रहण कुल २ घण्टा ५९ मिनेटको हुनेछ।  खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक जयन्त आचार्यका अनुसार नेपालबाट प्रष्ट देख्न सकिने यो ग्रहण नेपाललगायत भारत, चीन मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आदि ठाउँबाट हेर्न सकिन्छ। क्यानडा तथा उत्तर अमेरिकामा बसोवास गनहरूले यो ग्रहणको अनुभव लिन पाउने छैनन्।  चन्द्रग्रहण सूयग्रहणजस्तो हानिकारक नहुने हुँदा नांगै आँखाले हेर्न सकिने खगोलशास्त्रीहरू बताउँछन्। ‘चन्द्रग्रहण टेलीस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामाग्रीले हेर्दा केही असर गर्दैन’, खगोलशास्त्री आचार्य भन्छन्, ‘चन्द्रग्रहणमा कुनै त्यस्ता आँखालाई हानि नोक्सानी पुर्याउने खालका किरण आएका हुँदैनन्।’ के हो ग्रहण? एउटा आकाशीय पिण्डको छायाले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनुलाई ग्रहण भनिन्छ।  सामान्यतयः सूर्य र चन्द्रबिम्बमा  देखिने अन्धकारमय अवस्था ग्रहण हो।  ग्रहण औँसी र पूर्णिमामा लाग्छ। सूर्यग्रहण औँसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा।

प्रकाशित मिति: : 2019-07-16 09:11:28

प्रतिकृया दिनुहोस्