बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ८ लाख घूससहित पक्राउ

बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजकुमार रौनियार ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार घुस रकम सहित रंगेहात पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले डा राैनियारलाई सेवाग्राहीसँग लिएकाे आठ लाख रुपैयाँ घुससहित पक्राउ गरेकाे हाे।

उपकुलपति राैनियार र डा. रामहरि रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घूस रकम लिएकाे अख्तियारले जनाएकाे छ। डा रामहरी उपकुलपति राैनियारका भतिजा हुन्। घूस लिएकाे रकम उनले भतिजा रामहरिलाई राख्न दिएका थिए।

 धरानस्थित  उपकुलपतिको कार्यकक्षबाट रङ्गेहात पक्राउ परेका उनीहरूविरूद्ध अख्तियारले अनुसन्धान गरिरहेको  छ।

प्रकाशित मिति: : 2019-07-13 08:17:09

प्रतिकृया दिनुहोस्