संस्कृत विद्यालय अगाडि फोहोरको डंगुर, विद्यार्थी हैरान

संस्कृत माध्यामिक विद्यालय अगाडिको फोहोर।

काठमाडौँ – हुन त सरसफाई सबैका लागि आवश्यक हुन्छ । सफा र स्वच्छ वातावरणको चाहना सबैले राखेका हुन्छन् । तर पनि संस्कृत अध्ययन गर्ने विद्यार्थी तथा अध्यापन गर्ने शिक्षकहरु सरसफाईसँगै शुद्धतामा पनि औधी ख्याल गर्छन् ।

तर काठमाडौँको संस्कृत माध्यामिक विद्यालय अगाडि भने फोहरको डंगुर थुपारिएको छ । विद्यार्थी तथा शिक्षकहरु नाक थुनेर त्यसकै नजिकबाट आवत जावत गरिरहेका हुन्छन् ।

वरपरको सबै फोहोर थुपार्ने थलो विद्यालयको गेट बनेको छ । जसले स्वच्छ, शुद्ध जीवनशैलीको वकालत गर्ने संस्थालाई गिज्याइरहेको छ र बटुवाहरुलाई नाक थुन्न बाध्य बनाएको छ।

विद्यालय मन्दिर हो। तर मन्दिर अगाडि नै फोहोर थुपारिएको छ । जसले गर्दा अध्ययन अध्यापनमा असजिलो भएको संस्कृत विद्यालयका प्रधानाध्यापक बद्रि दाहालले बताए । फोहोरका कारण विद्यार्थी तथा शिक्षकको स्वास्थ्यमा पनि असर परिरहेको उनले बताए ।

प्रकाशित मिति: : 2019-07-11 12:08:46

प्रतिकृया दिनुहोस्