भोजपुर भिडन्तः श्रीमती भेट्न आउँदा मारिए विप्लवका ओखलढुंगा इन्चार्ज

प्रतिबन्धित विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज नीरकुमार राई बुधबार बिहान भोजपुरमा प्रहरीसँग गाेली हानाहान हुँदा मारिएका छन्। 

उनकी श्रीमती भोजपुरमा बस्दै आएकी छिन्। श्रीमती भेट्न आउँदा भाेजपुर सदरमुकामस्थित शनिबारे हाट लाग्ने स्थानमा प्रहरी जवान सञ्जिव राईसँग जम्काभेट भएको थियो।

प्रदेश प्रहरी प्रमुख ठाकुर ज्ञवालीका अनुसार पूर्व चिनजान भएका प्रहरी जवान सञ्जिव राईलाई देखेपछि उनले पहिलाे फायर खाेलेका थिए। उनले चलाएकाे गाेली लागेर प्रहरी जवान सञ्जिव अत्तालिए। नजिकैबाट गोली प्रहार भएकाले ढले। उनको छातीमा गोली लाग्यो। त्यसपछि सादा पाेशाकमा सँगै रहेका प्रहरीले जवाफी फायर खाेले।

प्रहरीको जवाफी फायरबाट उनी ढले। दुवैलाइ तत्कालै भोजपुर जिल्ला अस्पताल पुर्याइयो। चिकित्सकले दुवैलाइ मृत घोषित गरे।

घटनामा प्रहरी जवान साेमनाथ भट्टराइ घाइते भएका छन्। उनकाे भोजपुर जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ। प्रहरीले घटनास्थलबाट एउटा चाइनिज पेस्ताेल र ६ राउण्ड गाेली बरामद गरेकाे छ। 

 

प्रकाशित मिति: : 2019-07-10 11:15:10

प्रतिकृया दिनुहोस्