एनजीओको उत्पत्ति नै अहिलेको दुर्गतिः नागरिक अगुवा देवेन्द्रराज पाण्डेको अनुभूति

तस्बिरः रातोपाटी

म अहिलेको राजनीतिक वस्तुस्थितिबारे केही भन्न चाहन्नँ ।  अहिलेको वस्तुस्थिति, हामीले भोगिरहेको सामुहिक पीडा र भविष्यको चिन्ता र कतिपय कुरामा वर्तमानमै जुन चिन्ता छ, त्यो राजनीतिक गैरजिम्मेवारीपन, दिशाबोध नहुनु र नेतृत्वको चरित्रले गर्दा भएको सबैलाई थाहा भएको कुरा हो ।

त्यसलाई फेरि दोहोर्याएर काम छैन । आज म नागरिक आन्दोलनबारे आफूले जानेको केही सूचना प्रवाह पर्न आएको छु । नागरिक आन्दोलन जन्मनुको १० दिनअघिसम्म पनि नागरिक आन्दोलित भएर सडकमा उत्रिन्छौँ भनेर हामीलाई थाहा थिएन । हामी नागरिक आफ्नो अधिकारबारे सचेत र मुलुकको अवस्थाबारे चिन्तित थियौँ, विभिन्न थलोमा विभिन्न प्रयास गरिरहेका थियौँ ।

हामी  आन्दोलनकारी भएर त्यसरी सडकमा उत्रिएर एक प्रकारले राजनीतिक पार्टीहरुको पनि अगुवाई पुग्यौँ । त्यो कुनै योजनाबद्ध थिएन । हामीले कुनै संगठन पनि बनाएका थिएनौँ । एक पक्षले जित्ने अर्को पक्षले हार्ने सम्भावना कम हुँदै गरेको स्थितिबीच चम्केको जनयुद्धको त्यस्तो अवस्थामा फसिरहेको जस्तो लागेको थियो मलाई ।

प्रकाशित मिति: : 2019-07-09 17:38:23

प्रतिकृया दिनुहोस्