खोला नजिकका घाट यसरी आइपुगे घरआँगनमै

टेकु घाट परिसर। तस्बिरः सबिना श्रेष्ठ/सेतोपाटी

नदीलाई सभ्यताको मुहान मानिन्छ। जस्तो रूसको भोल्गा, चीनको ह्वांगहो, भारतको सिन्धु र मिश्रको नाइल, त्यस्तै नेपालको बागमती।

सन् १९५० मा नेपाल आएका स्विट्जरल्यान्डका भूगोलविद् टोनी हेगनले बागमतीको एउटा तस्बिर खिचेका थिए। थापाथली पुलबाट टेकुतर्फ खिचिएको बागमतीको चौडाइ हेर्दा पत्याउनै मुश्किल हुन्छ।

करिब ६० वर्ष अन्तरालमै बागमती धेरै खुम्चिएको छ, जसका भुक्तमान हुन् ५२ वर्षीय भूषण बज्राचार्य।

टेकुका स्थानीय बज्राचार्यले हामीलाई बागमती किनार भ्रमण गराउँदै यहाँ भएका परिवर्तन र अव्यवस्थित बस्ती विकासबारे विस्तार लगाए।

यात्रा टेकुको जम्बुदीपबाट सुरू हुन्छ।

नेवार बोलिचालीमा घाटलाई 'दीप' भनिन्छ, जसको निर्माण हजारौं वर्षदेखि हुँदै आएको छ।

जम्बुदीपमा मानन्धरहरूको दाहसंस्कार हुने रहेछ। अगाडि बढ्दै जाँदा बाटो बीचमै पानी खुवाएर श्राद्ध गर्ने ठाउँ थियो। बज्राचार्यका अनुसार यहाँ पानी खुवाएर श्राद्ध गरेपछि मात्र जम्बुदीपमा दाहसंस्कार हुन्छ।

जम्बुदीपबाट अलि अघि बढेपछि बज्राचार्यले नदीतर्फ केन्द्रित गरे, ‘यो तिख्खर दोभान हो।’

प्रकाशित मिति: : 2019-07-09 17:24:46

प्रतिकृया दिनुहोस्