भारतीयलाई सीमाक्षेत्रमै क्यासिनो खेलाउन नियमावली संशोधन

काठमाडौं प्रेस

काठमाडौं, असार २४ : भारतीय पर्यटकलाई क्यासिनोमा सहज पहुँचका लागि सिमानासम्मै क्यासिनो सञ्चालनको अनुमति पाइने भएको छ।

व्यवसायीहरूले सीमा क्षेत्रमा होटल क्यासिनो व्यवसाय विस्तारका लागि क्यासिनो निमायमाली संशोधन गर्न माग गर्दै आएका थिए।

सरकारले सीमा क्षेत्रमा सञ्चालनको दूरी घटाउँदै क्यासिनो नियमावली २०७० लाई चौथो पटक संशोधन गरेसंगै सिमा नजिकै क्यासिनो संचालन गर्ने बाटो खुलेको हो। संशोधित नियमावलीमा सीमा क्षेत्रबाट क्यासिनो सञ्चालनको दूरी घटाइएको छ। क्यासिनो सञ्चालनको अनुमति दस्तुर भने बढाइएको छ।

सरकारले नियमावली संशोधन गर्दै विगतमा पाँच किलोममिटर रहेको सिमा क्षेत्रको दूरीलाई कम गर्दै तीन किलोमिटरभित्रै क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ।

सिमा क्षेत्रमा भारतीय पर्यटकहरू बिशेषगरी क्यासिनो खेल्नका लागि मात्रै आउने भएकोले पनि नियमावली संशोधन गरेर केही सहज बनाइएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए।

प्रकाशित मिति: : 2019-07-09 13:59:37

प्रतिकृया दिनुहोस्