विषादी परीक्षण आफैंमाथि नाकाबन्दी जस्तै भयो : मन्त्री यादव

अनलाइनखबर

२३ असार, काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कृषि मन्त्रालयसँग भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने क्षमता नै नभएको टिप्पणी गरेका छन् । भारतीय दबावमा निर्णय फिर्ता नलिएको भन्दै उनले हावाको भरमा उनफ्रिन सांसदहरुलाई आग्रहसमेत गरेका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री यादवले अहिलेको अवस्थामा विषादी परीक्षण गर्नु आफैंमाथि नाकाबन्दी लगाउनु सरह हुने बताए । कृषि मन्त्रालयको क्षमता नहेरी विषादी परीक्षण गर्ने निर्णय गर्नु आफ्नो कमजोरी भएको उनले बताए ।

प्रकाशित मिति: : 2019-07-08 14:50:04

प्रतिकृया दिनुहोस्