नेकपा प्रवेश गर्नेप्रति भट्टराईको आक्रोश – सत्ताको रस चुस्ने होडबाजीले साथ छाडे

समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष बाबुराम भट्टराईले आफ्नो साथ छाडेर जानेप्रति आक्रोश पोखेका छन् ।

तत्कालिन नयाँ शक्तिका उच्च तहका नेताहरू शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरिरहेकै बेला भट्टराईले सामाजिक सञ्जालमार्फत् आक्रोश पोखेका हुन् ।

शुक्रवार पुर्वविज्ञान तथा प्रविधि मन्त्री कल्पना धमला, देवेन्द्र पराजुली, पर्वतवाट संविधानसभामा प्रतिनिधित्व गरेका गुणाखर बस्याल, मनु हुमागार्इंलगायत नेकपामा प्रवेश गर्ने तयारी भईरहेका बेला भट्टराईको आक्रोश बाहिरिएको हो ।

प्रकाशित मिति: : 2019-07-05 16:12:28

प्रतिकृया दिनुहोस्