ओली-प्रचण्ड दिनदिनै छलफलमा, सहमति भएपछि मात्रै सचिवालय बैठक बोलाइने

बिनु सुवेदी

मदभेद छताछुल्ल भएपछि कार्यकर्ता पंक्तिबाट आलोचना खेपिरहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परामर्श र भेटघाटलाई तीव्र पारेका छन्।

ओली-प्रचण्डबीच केही दिनयता निरन्तर छलफल भइरहेको छ। दुई अध्यक्षहरूले बुधबार बिहान पनि लामो छलफल गरे।

पछिल्लो साता दिनदिनैजसो भेटघाट र परामर्श गरिरहेका उनीहरूले आफूहरूबीच समझदारी भएपछिमात्रै सचिवालय बैठक बोलाउने गरी छलफल गरिरहेको एक सचिवालय सदस्यले सेतोपाटीलाई बताए।

‘उहाँहरू पार्टीको राजनीतिक दस्तावेज र आफूहरूबीचमा भएका अस्पष्टता सल्टाउने गरी छलफलमा बस्नुभएको छ, त्यसपछिमात्रै सचिवालय बैठक डाक्नुहोला,’ ती नेताले भने।

यसअघि असार ८ गते बसेको सचिवालय बैठकमा पार्टीको राजनीतिक दस्तावेज पुनर्लेखन गर्ने या सामान्य सम्पादन गर्ने भन्नेबारे दुई अध्यक्षबीच मत बझिएको थियो। उक्त बैठक बिनानिष्कर्ष सकिएको १० दिन  भएको छ तर  सचिवालय बैठक बस्न सकेको छैन।

असार ८ गतेको  बैठकमा पार्टीको कार्यदिशा जनताको बहुदलीय जनवाद राख्नुपर्छ भन्ने प्रस्ताव प्रधानमन्त्रीले गरेपछि सहमतिबाट पछि हट्न खोजेको भन्दै उनको आलोचना भएको थियो।

प्रकाशित मिति: : 2019-07-03 13:48:37

प्रतिकृया दिनुहोस्