पूर्व बाललडाकुलाई पूर्व जर्साबको साथ, आफ्नाले नटेरे पराई गुहार्ने

लेनिन बिष्ट

काठमाडौँ: पूर्वबाल लडाकु लेनिन विष्टले आफ्ना मुद्दालाई राज्यले सम्बोधन नगरे चाँडै अन्तर्राष्ट्रिय फौजदारी अदालतमा जाने चेतावनी दिएका छन्।

मानव अधिकारकर्मी, वकिल, नागरिक समाज र अन्तर्राष्ट्रिय युनियनलगायतका प्रतिनिधिसँग मंगलबार भएको अन्तर्क्रियामा बिष्टले भने: म भर्खरै तीनमहिने युरोप भ्रमण सकेर फर्किएको छु। नेदरल्यान्ड्समा रहँदा मैले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अधिकारीहरुसँग कुरा गरेर आफ्ना मुद्दाबारे बताएँ। उहाँहरुले सकारात्मक संकेत दिनु भयो। युद्ध अपराधसँग जोडेर हेर्न सकिने बताउनु भयो। तर, यो राष्ट्रियता र आन्तरिक मुद्धालाई किन बाहिर लैजाने भनेर धारणा बनाउन यहाँहरुसँग छलफल गरेको हुँ।’

आफ्ना पूर्व नेतृत्व र राज्यले बाल लडाकुको विषयलाई अटेर गरेको भन्दै उनले भने, ‘युद्धमा लाग्दा हाम्रो भविष्य नै अन्धकार भएको छ। बाल लडाकु भनेर शिविरबाट निकालेर हामीलाई संयुक्त राष्ट्र संघले समेत अन्याय गर्‍यो। हामी चाहन्छौँ- हाम्रा मुद्धालाई राज्यले नै सम्बोधन गरोस्। तर त्यो स्थिति देखिएन। त्यसैले पराई गुहार्न युरोप गएको हुँ।’

प्रकाशित मिति: : 2019-07-02 22:57:15

प्रतिकृया दिनुहोस्