संसदीय दलमा पद्मा अर्यालले भनिन् : हल्ला धेरै भो, बरु मन्त्री पद छाड्छौँ

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्यालले मन्त्री पद छाड्न तयार रहेको बताएकी छन्। सरकार पुनर्गठन र मन्त्री फेरबदलको चर्चा भइरहेका बेला अर्यालले सोमबार काठमाडौंमा बसेको नेकपा संसदीय दलको बैठकमा मन्त्री पद छााड्न तयार रहेको बताएकी हुन्। आफूहरुले सामाजिक सञ्जाल र अन्य माध्यमबाट सरकार परिवर्तनको कुरा धेरै पटक सुनिसकेको बताउँदै जुनसुकै बेला पद छाड्न तयार रहेको स्पष्टीकरण दिएकी हुन्। डेढ वर्षपछि बसेको संसदीय दलको बैठकमा सांसदहरुले सरकार र मन्त्रीहरुको कार्यशैलीको चर्को आलोचना गरेसँगै मञ्चमा रहेकी अर्यालले उठेर यस्तो जवफा दिएकी हुन्।  'हामीले सरकार परिवर्तनको कुरा सुनिरहेका छौँ। बाहिर धेरै नै हल्ला भएका छन्', उनले भनिन्, 'यदि साँच्चै हो भने मन्त्री पद छाड्न तयार छौँ, पार्टीको निर्देशनअनुसार जति बेला पनि छाड्न छौँ ।' 

प्रकाशित मिति: : 2019-07-02 08:35:28

प्रतिकृया दिनुहोस्