गृह मन्त्रालयको छानविन टोलीले तथ्य फेला पार्न सकेन

प्रहरी कारबाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादीका जनकपुर ब्यूरो सदस्य एवं सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनामा छानविन गर्न सर्लाही आएको टोली रितो हात काठमाडौं फर्किएको छ।

संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयलाई घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि तीन दिनअघि सर्लाही आएको टोली काठमाडौं फर्किसकेको छ। लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, वडा नं. १ का वडाध्यक्ष पञ्चलाल स्याङ्गबो तथा घटनास्थल आसपासका बासिन्दासँग कुरा गरेर फर्किएको छानविन टोलीका संयोजक गृह मन्त्रालयका उपसचिव दिपक नेपालले नागरिकन्यूजलाई बताए। 

‘सम्बन्धित नगरपालिकाका मेयर साब, वडा अध्यक्षज्यू लगायतसँग भेट्यौं अनि घटनास्थल पनि हे¥यौं, आसपासका बासिन्दासँग कुरा गर्दा गोली पड्केको आवाज कसैले सुनेनौं भन्नुभयो’, नेपालले भने, ‘विभिन्न राजनैतिक दलका नेतासँग समेत भेट ग¥यौं।’ तर सबैजनाले घटनाको बारेमा केही थाहा नभएको बताएको नेपालले जानकारी दिए। ‘मृतक पौडेल सहित ४ जनाको समूहमा रहेको भनिएकाले भाग्न सफल ३ जनासँग भेटन पाए केही कुरा आउँथ्यो होला’, नेपालले भने, ‘घटनाबारे नजिकबाट बुभ्mने र देख्ने त अरु कोही पनि हुनुहुँदो रहेनछ।’ घटनाबारे नजिकबाट बुझ्ने कोही भए अभैm पनि गृह मन्त्रालयको इमेलमा जानकारी पठाउन सकिने नेपालको भनाई छ। 

प्रकाशित मिति: : 2019-07-01 17:21:38

प्रतिकृया दिनुहोस्