१५ असारमा ‘हली’ बनेका डा भट्टराई भन्छन्: अब हलोले होइन, मेसिनले जोत्नुपर्छ

सामाजिक सञ्जालमा आइतबार (१५ असार) दिउसोदेखि प्रतिनिधि सभाका दुई सदस्यका तस्वीर भाइरल बने। छन्। एउटा तस्वीर ललितपुर–१ बाट निर्वाचित नेकपा सांसद नवराज सिलवालको थियो भने अर्काे तस्वीर नयाँ शक्ति नेपाल (हाल समाजवादी पार्टी नेपाल) को तर्फबाट गोरखा–२ बाट निर्वाचित पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको।

दुबै तस्वीर १५ असार अर्थात् ‘रोपाइँ दिवस’ का अवसरमा खिचिएका हुन्। तस्वीरमा सिलवाल धान रोपिरहेको (अभिनय गरिरहेका) देखिन्छन्। ‘धान रोपाइँ’ मा सहभागी सिलवालले हातमा पञ्जा लगाएर धानको विउ समातिरहेका छन्। टिलिक्क टल्किने जुत्ता र सफा सर्टपाइन्टमा सजिएका उनमा रोपाइँका बेला आफ्नो हात र शरीरमा हिलो लाग्ला भन्ने कुरामा उनी निकै सचेत देखिन्छन्।

पूर्व प्रधानमन्त्री डा भट्टराई भने अलिक फरक परिधानमा देखिन्छन्। उनको खुट्टा खालि छ। हाफपाइन्ट लगाएका छन्। शरीरको माथिल्लो भागमा सर्ट र त्यो माथि जुहारीकोट छ। घाँटीमा गाउँले लगाइदिएको खादा छ। शीरमा रंगिन छत्रेटोपी लगाएका छन्। उनको शरीरमा जे जति पहिरन देखिन्छ, सबैमा हिलो लागेको छ। ठ्याक्कै गाउँले किसान भन्दा फरक देखिन्नन् उनी।

प्रकाशित मिति: : 2019-07-01 17:07:03

प्रतिकृया दिनुहोस्