प्रधानमन्त्रीको सुझाब-'गमलामा खुर्सानी र टमाटर रोप्नुहोस्, अचार खान पुग्छ'

नितु घले

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त स्थान नभए गमलामा भएपनि फलफु्ल र विरुवा रोप्न सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेका छन् । शनिबार कोटेश्वरमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै ओलीले गमलामा भएपनि केही विरुवा लगाउँदा त्यसले स्वास्थ्य र वातावरण फाइदा गर्ने बताए। 

‘केही नभए खुर्सानी लगाउनुस्, किन्न जानुपर्दैन, अचार बनाउन त पुग्छ ।’ ओलीले भने दुईवटा गमलामा खुर्सानी, दुईवटामा टमाटर लगाउनुस् अलिकति नुन थपेपपछि अचार बन्छ ।’ 
 बजार जानुभन्दा कौसीतिर जानु राम्रो हुने र  झोला बोकेर हिन्नुभन्दा टपक्क टिपेर ल्याएको खान उचित हुने ओलीले बताए । 

सरकारले शनिबारबाट मुलुकभर वृक्षारोपण कार्यक्रमको आरम्भ गरेको छ । नास्पातीकाे विरुवा रोपेर प्रधानमन्त्री ओलीले वृक्षारोपण कार्यक्रमको उद्घाटन गरे।

प्रकाशित मिति: : 2019-06-29 13:09:40

प्रतिकृया दिनुहोस्