पाँचथरमा शृङ्खलाबद्ध हत्याको कारण प्रेम र पैसा

फिदिम : माइक्रो फाइनान्सको किस्ता तिर्ने मिति नजिकिदै थियो। तर, पाँचथरको हिलिहाङ ६ का १९ वर्षीय घनेन्द्र लावती र उनको परिवारसँग किस्ता तिर्ने पैसा जुटेन। पैसा अभावमा उनी र उनको परिवार समस्यामा थियो। 

मंगलबार गाउँमा एनएमबी माइक्रो फाइनान्सको लगानी रहेको दुई समूहमा फाइनान्सले बैठक बोलाएको थियो। बैठकमा एनएमबी माइक्रो फाइनान्स गोपेटार शाखाकी कर्मचारी सुजता तामाङ पैसा संकलन गर्न गएकी थिइन्। समूहबाट उनले पैसा संकलन गरेर कार्यालय फर्कदै गर्दा उनको हत्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर नरेन्द्र कुँवरका अनुसार पैसा बोकेर कार्यालय फर्कने क्रममा हिलिहाङ ६ स्थित जंगल बीचमा पर्ने खोल्सामा उनको हत्या भएको थियो। हत्यापछि उनीसँग भएको ८१ हजार ७० रुपैंया लुटिएको थियो। सुजताले पैसा बोकेर कार्यालय फर्कदै गरेको थाहा पाएका लावतीले पैसा लुट्ने उद्देस्यले धारिलो हतियार बोकेर बाटो ढुकेको खुल्न आएको छ। 

‘पैसाकै लागि सुजताको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, इन्स्पेक्टर कुँवर भन्छन्, ‘सुजताले पैसा बोकेको लावतीलाई थाहा नभएको भए उनको हत्या नहुन सक्थ्यो।’

प्रकाशित मिति: : 2019-06-26 09:35:35

प्रतिकृया दिनुहोस्