विदेशका अस्पतालकाे कोमामा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याउने

नेपालखबर

सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।

त्यसका लागि सरोकारवाला पक्षको सहभागितामा कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको छ। श्रम मन्त्रालयका सहसचिवको संयोजकत्वमा स्वास्थ्य, अर्थ, परराष्ट्र, कानून मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सक, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र ट्रेड युनियनका तर्फबाट सदस्य रहने कार्यदल गठन गरिनेछ।

प्रकाशित मिति: : 2019-06-24 11:47:37

प्रतिकृया दिनुहोस्