भारतीय बाँधले नेपाली गाउँ डुवानमा

नेपालगञ्‍ज-भारतले दशगजामा एकतर्फी बनाएको सडकजस्तो बाँध कारण नेपाली भूभाग डुवानमा परेका छन्।

गएरातीदेखि परेको पानीका कारण जिल्लाको पूर्वी–दक्षिणी सीमावर्ती गाउँहरु डुवानमा परेका हुन्। पानीको निकासलाई भारतले एकतर्फी बनाएको सडकजस्तो बाँधले रोकेपछि सीमावर्ती नेपाली गाउँहरु डुवानमा परेका हुन्।

नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले भारतले दशगजासँग सटाएर बनाएको सडकजस्तो बाँधका कारण पानीको निकास नहुँदा एक एक दर्जन गाउँका सय बढी घरहरु डुवानमा परेको बताए।

प्रकाशित मिति: : 2019-06-24 10:10:54

प्रतिकृया दिनुहोस्