डरलाग्दी डायना : धनाढ्य परिवारकी 'एक्ली छोरी' बनेर यसरी ठगिन्

एक्ली छोरी हुँ भन्दै एक भारतीय लोभी युवकलाई नेपाल बोलाएर २३ लाख लुट्ने नेपाली युवती डायना सेकेण्ड ।

असार ८, २०७६ काठमाडौं : आफूलाई धनाढ्य परिवारकी एक्ली छोरी बताएर लाखौँ रुपैयाँ ठगीमा संलग्न एकजना युवतीलाई प्रहरीले काडमाडौँबाट पक्राउ गरेको छ । 

भारतको महाराष्ट्रस्थित फलबर रेलननगर निवासी ३८ वर्षीय श्रीपाल जैनबाट २३ लाख रुपैयाँ ठगी गरेर फरार भएकी महोत्तरीको औरी नगरपालिका-३ निवासी २१ वर्षीया डायन सेकेन्ड प्रहरीको फन्दामा परेकी हुन्। 

उनले जैनलाई उनको फेसबुकमा डायना रोज नामको फेसबुक आइडीबाट साथी बनाएर ठगी गर्न सफल भएकी हुन्। डायनाले त्यसक्रममा जैनसँग कुरा गर्दै आफूलाई धनाढ्य बाबुकी एक्लो छोरी बताएकी थिइन्।

प्रकाशित मिति: : 2019-06-24 08:59:17

प्रतिकृया दिनुहोस्