सञ्चारमाध्यममा आदरार्थी शब्द प्रयोग : के ठीक? के बेठीक?

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमाध्यमले आदरार्थी शब्द प्रयोग गर्न छाडेर नेपाली भाषाको मर्म हराउँदै गएको टिप्पणी गरे। उनले भनेका थिए, ‘नेपाली सञ्चारमाध्यमले बाबुलाई पनि तिमी, आमालाई पनि तिमी भन्न सिकाएका छन्। यहाँबाट आदरार्थी शब्द हराइसक्यो।’

नेपाली सञ्चारमाध्यमले सेलेब्रिटी, नेतादेखि उच्च प्रशासक, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्मलाई ‘तिमी, उनी’जस्ता शब्दले सम्बोधन गर्दै आएका छन्। भ्रमणरत विदेशी सरकार या राष्ट्रप्रमुखलाई पनि यस्तै सम्बोधन गरिँदै आएको छ।

ओलीको उक्त अभिव्यक्तिसँगै सामाजिक सञ्जालमा यसका पक्ष–विपक्षमा तर्क र बहस जारी छन्।

अझ, अंग्रेजी भाषामा आदरार्थी शब्दको चयन त्यससँग जोडिने अरु शब्दावाली वा वाक्य गठनले निर्भर गर्छ। किनकि, अंग्रेजीमा एउटै ‘यु’ शब्दमात्रै छ।
केहीअघि दि न्युयोर्क टाइम्सका ‘मापदण्ड सम्पादक’ फिल कोर्बेटले उक्त अखबारमा आदरार्थी शब्द प्रयोगका सम्बन्धमा व्याख्या गरेका थिए, जुन सान्दर्भिक हुने ठानेर हामीले प्रस्तुत गरेका छौं :

कहिलेकाही पाठकहरूले राष्ट्रपतिलाई ‘मिस्टर ट्रम्प’ भनेर सम्बोधन गरिएका लेखप्रति चासो राख्ने गरेका छन्।

ती पाठकको विश्वास के छ भने, ‘राष्ट्रपति ट्रम्प’ नभनी ‘मिस्टर ट्रम्प’ भन्दा उनीप्रति अनादर हुन्छ। र, केहीले चाहिँ त्यसरी सम्बोधन गर्नुलाई राजनीतिक पूर्वाग्रहका रूपमा लिने गरेका छन्।

‘उनी राष्ट्रपति ट्रम्प हुन्, मिस्टर ट्रम्प होइनन्,’ एकजना पाठकले लेखे। उनले टिप्पणीमा आफ्नो नाम ‘ब्याटम्यान’ उल्लेख गरेका थिए। ‘हामी साँच्चै अमेरिकी राष्ट्रपतिको आलोचना गर्दैछौं भने कम्तिमा किन उनलाई राष्ट्रपति भनेर सम्बोधन गर्न सक्दैनौंं?’

 

प्रकाशित मिति: : 2019-06-24 08:33:57

प्रतिकृया दिनुहोस्