बढ्दो तनावका बिच इरानमाथि थप कडा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

देशसञ्चार

अमेरिकाले इरानमाथिको प्रतिबन्ध थप कडा बनाउने तयारी गरेको छ । इरानले परमाणु हतियार बनाइरहेको र त्यसलाई नियन्त्रण गर्नका लागि उसमाथि थप प्रतिबन्ध लगाउने तयारी भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

आर्थिक प्रतिबन्ध र दबाबले नै इरानको नेतृत्वलाई अहिलेको मार्ग परिवर्तन गर्न सक्ने ट्रम्पको भनाई छ । प्रतिबन्ध इरानले परमाणु हतियार बनाउने क्रम नरोकेसम्म जारी रहने उनले बताए । राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘हामीले इरानमाथि थप प्रतिबन्ध लगाउँदै छौँ । केही मुद्दाहरुमा हामी तीव्र गतिमा बढी रहेका छौँ ।’

 

प्रकाशित मिति: : 2019-06-23 09:34:00

प्रतिकृया दिनुहोस्