साउदीमा ४५ दिन रोजगारी दिने भन्दै ४५ हजार असुली, ७ सयले दिए अवैधानिक अन्तर्वार्ता

तस्बिरः नेपाललाइभ

काठमाडौं- वैदेशिक रोजगार विभागको पूर्व स्वीकृति बिना नै रोजगारीका लागि अन्तवार्ता लिइरहेको भन्ने उजुरी वैदेशिक रोजगार विभागमा पर्यो। ठूलो संख्यामा युवाहरुको अन्तर्वार्ता भइरहेको भन्दै विभागमा उजुरी परेको थियो। 

सोही उजुरीका आधारमा बुधबार बत्तिसपुतलिस्थित द्वारिका होटल अगाडि रहेको अनुपम फुडल्यान्डमा विभागले छापा मार्यो। 

अनुगमनका लागि खटिएको विभागको टोलीले फजल इन्टरनेसनल प्रालि, अल हायात म्यानेजमेन्ट प्रालि र मिता इन्टरनेसनललाई पूर्व श्रम स्वीकृति बिना नै अवैधानिक रुपमा अन्तवार्ता लिइरहेको अवस्थामा फेला पार्यो। 

विभागको टोली पुग्दा करिब २ सय जना युवा अन्तर्वाता दिई सकेर घर फर्कने तयारी गरिरहेका थिए। 

७ सयभन्दा बढी युवाको अवैधानिक अन्तर्वार्ता 
अनुगमन टोलीका अनुसार सो फुडल्यान्ड परिसरमा ७ सयभन्दा बढी युवाले अन्तर्वाता दिएका छन्।

प्रकाशित मिति: : 2019-06-19 23:30:01

प्रतिकृया दिनुहोस्