स्थानीय तहमा प्राकृतिक स्रोतको लडाइँ : भित्रभित्रै भुसको आगो

तस्बिरः नेपाल न्यूज

‘यो नदीमा गढवाको सिमाना कहाँसम्म छ ?’

‘ऊ त्यो पारि गाउँसम्मै।’

‘त्यो त लमही नगरपालिकाको जमिन हो त।’

‘पहिला राप्ती त यतैतिर धेरै थियो नि, हामी उभिएको जमिन पनि पहिला लमहीकै थियो, अहिले गढवातिर आयो।’
किनकि नदी अहिले लमहीतिर बगेको छ।

दाङ गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव राप्ती पुलछेउमा उभिएर नदीले फैलाएको/खुम्च्याएको साँध सिमाना देखाउँदै थिए।

दाङको देउखुरी उपत्यकामा बग्ने राप्ती नदी। नदीको एक छेउमा लमही नगरपालिका, अर्काे छेउमा गढवा गाउँपालिका। 
‘अब यो बालुवा, ढुंगा कसले कति लैजाने?’

‘जसले जति सक्छ, निकाल्ने हो। पानीमा कसरी साँध कोर्नू?’

यादव भन्दै थिए, ‘हामीले त मिलेर बाँडौँ भनेका हौँ, उनीहरू (लमहीतिरका) मान्दैनन्।’

लमही नगरपालिकाका अध्यक्ष कुलबहादुर केसीको भनाइ पनि यस्तै छ, ‘पानी जता बग्छ, साँध उतैउतै।’

महाकाली पश्चिमको सबैभन्दा ठूलो नदी महाकाली। यो नदीछेउका दुई स्थानीय तहबीच उस्तै लडाइँ छ।

त्यो ग्वारखोलाको घटना थियो। कोइलाबास खोला सुकिसकेको थियो। त्यहाँबाट धेरैजसो ढुंगाजन्य वस्तु रातारात भारत पैठारी हुन्थ्यो। अहिले खोला सुकिसकेको छ। बजारभरका कुवा, इनार सुकिसकेका छन्। 

लडाइँ यहाँसम्मकि सँगै बसेर छलफल नै गर्न नचाहने। महाकाली पनि कहिले यता ढल्किन्छ, कहिले उता । एकठाउँमा साँध (सिमाना) बनायो, पानी अर्कैतिर गइदिन्छ।

नदी, खोलाले किरानामा थुपार्ने भनेकै बालुवा, ढुंगा नै हो अनि आम्दानी पनि त्यसैबाट हुने हो। 
त्यसलाई नझिक्दा नदीको धार बिग्रिन्छ।

प्रकाशित मिति: : 2019-06-18 09:00:12

प्रतिकृया दिनुहोस्