संसद्‍मा परराष्ट्र नीति हाक्ने ‘टावरिङ पर्सनालिटी’को खोजी

तस्बिरः नेपाललाइभ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको साताव्यापी युरोप भ्रमणलाई लिएर संसद्‍मा कुरा उठेको छ। 

सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको परराष्ट्र मन्त्रालयको शीर्षकमाथिको छलफलमा भाग लिदै सांसदहरुले प्रधानमन्त्रीको भ्रमणको उपलब्धि खोजी गरे। 

प्रधानमन्त्रीको युरोप भ्रमणकै उपलब्धि खोज्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद नाराण खड्काले आफ्नो नीतिमा विदेशीलाई समेत ‘इन्गेज’ गर्न सक्ने ‘टावरिङ पर्सनालिटी’ चाहिएको कुरा उठाए। 

‘परराष्ट्र नीतिका लागि एउटा टावरिङ पर्सनालिटी पनि चाहिने रहेछ,’ उनको भनाइ थियो,  ‘जसले संवाद गर्न सकोस्। जसले छिमेकीलाई ‘इन्गेज’ गर्न सकोस्, आफ्नो  समयकालनमा विपी कोइरला त्यस्तो ‘टावरिङ पर्सनालिटी’ हुनुहुन्थ्यो।’

तर खड्काको त्यो भनाइको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रतिवाद्ध गरे। विपी ‘टावरिङ पर्सनालिटी’ रहेको भन्ने भनाईको खण्डन गर्दै उनले अहिले प्रधानमन्त्री ओली त्यस्तो व्यक्तित्व भएको दाबी गरे। 

प्रकाशित मिति: : 2019-06-18 07:36:57

प्रतिकृया दिनुहोस्