चन्द्रसूर्य अंकित ‘नेपालीस्याट-वान’ले पृथ्वीको फन्का मार्न थाल्यो

नेपाली स्याटालाइट

चन्द्रसूर्यसहितको राष्ट्रिय झन्डा अंकित नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडिएको छ। अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)बाट सो नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो।

नेपालको पहिलो नानो भूउपग्रह जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा अध्ययन गर्दै आएका नेपाली विद्यार्थी आभाष मास्केसहितको टोलीले निर्माण गरेको हो। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका प्रविधिक हरिराम श्रेष्ठ पनि यो परियोजनामा संलग्न छन्। नेपालीसहित जापान र श्रीलंकको पनि नानो भूउपग्रह अन्तरिक्षमा छाडिएको छ। 

अन्तरीक्षमा छोडेसँगै नेपालीस्याट-वानले पृथ्वीको परिक्रमा गर्न थालेको छ। बैशाख ५ मा अमेरिकाको भर्जिनिया, वल्लोप्स द्विपस्थित नासाको अर्बिटल एटिके प्रक्षेपण केन्द्रबाट नेपालस्याट–वान अन्तरीक्षमा पठाइएको थियो। 

प्रकाशित मिति: : 2019-06-17 17:41:35

प्रतिकृया दिनुहोस्