गुठी विधेयक: रणबहादुर शाहका पालामा पनि गुठीहरण र आन्दोलन

तस्बिरः बिबिसि

सरकारले संसद्‌मा दर्ता गराएको गुठी विधेयकलाई कतिपय व्यक्तिहरूले रणबहादुर शाहको नीतिसँग तुलना गर्न थालेका छन्।

धेरैजसो नेपाली इतिहासकारले 'बहुलट्टी र सनकी' राजाका रूपमा प्रस्तुत गरेका रणबहादुर शाहका पालामा भएको गुठी र बिर्ता हरणको सम्झना गर्दै धेरैले अहिलेको गुठी विधेयकलाई त्यससँग तुलना गरेका हुन्।

विक्रम संवत् १८६२ सालमा भएको बिर्ता र गुठी हरणमा रणबहादुरको वा भीमसेन थापा कसको हात धेरै थियो भन्नेमा इतिहासकारबीच मतभेद पाइन्छ।

गुठी विधेयकको विवाद अहिले बाहिर आएपछि धेरैले नेपालको इतिहासमा 'बासठ्ठीहरण'का रूपमा चिनिने उक्त घटनालाई स्मरण गरिरहेका छन्।

त्यसकै उदाहरण दिँदै कतिपयले त अहिलेको केपी शर्मा ओली नेतृत्त्वको कम्युनिष्ट सरकारलाई 'रणबहादुरको अर्को रूप' का रूपमा समेत चित्रित गर्न थालेका छन्।

प्रकाशित मिति: : 2019-06-16 10:07:32

प्रतिकृया दिनुहोस्