सपना हिमालको अर्काइभ

छेटु शेर्पा

उमेरले तीन बीस टेक्न लागेका चुङ्बा शेर्पाको ऊर्जा अपत्यारिलो छ । आरामले अवकाश जीवन बिताउने बेलामा उनी गह्रौ क्यामराका भारी बोकेर भर्जिन फोटो खोज्दै हिँड्छन।

बुढ्यौलीमा ढल्किँदै गर्दा फोटोग्राफीको सौख किन ?
‘शरीरलाई रोगले च्याप्न थाल्यो, फोटोग्राफी गर्दा हिँडिरहनुपर्छ, स्वस्थ बन्न यो पेशा रोजेको हुँ,’ उनी भन्छन् ।

सानैदेखि फोेटोग्राफर बन्ने रहर थियो उनको । विदेशी पर्यटकले क्यामरा खेलाउँदा सानैदेखि उनी ध्यानपूर्वक हेर्ने गर्थे । ‘उमेर छँदा आफ्नो र परिवारका लागि काममै व्यस्त भएँ, अहिले फुर्सदिलो भएकाले क्यामरा लिएर हिँड्न थालेको हुँ,’ उनी सुनाउँछन्।

फोेटो खिचेर पैसामात्र कमाउने उनको चाहना छैन । ‘क्यामरामा उत्कृष्ट तस्बिर कैद गरेर प्रदर्शनी गर्ने सोच छ,’ उनले लक्ष्य सुनाए

प्रकाशित मिति: : 2019-06-13 15:24:55

प्रतिकृया दिनुहोस्