यार्सागुम्बा: स्वास्थ्यबारे सामान्य ख्याल पनि गर्दैनन् यार्सा टिप्न जानेहरू

यार्सा टिप्न डोल्पाका पाटनतिर जाँदै स्थानीय बासिन्दा ।

बहुमूल्य जडीबुटी यार्सा टिप्न डोल्पाको सागर पाटन पुगेको पहिलो दिनमै नलगाड नगरपालिका-६, जाजरकोटका सबिन बिकको लेक लागेर मृत्यु भयो।

पैसा कमाएर वर्षभरीको गर्जो टार्ने योजनासहित उनी आफ्ना दाइ प्रेमसँगै पाटन पुगेका थिए।

"दिनभरी यार्सा टिपेर बस्ने ठाउँमा फर्केपछि टाउको दुख्यो भन्दा भन्दै जेठ १७ गते राति भाइको मृत्यु भयो," दाइ प्रेमले भने, "बचाउन धेरै प्रयास गरे पनि सकिएन। लासलाई पाटनमै गाडेर घर फर्किएँ।"

सबिनसहित यो मौसममा यार्सा टिप्न उच्च हिमाली क्षेत्रमा पुगेका ९ जनाले ज्यान गुमाएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति: : 2019-06-13 10:36:06

प्रतिकृया दिनुहोस्