ग्यास लिकपछि आगलागी घटना: उपचारका क्रममा एकको मृत्यु, दुईको अवस्था गम्भीर

दिवाकर भण्डारी

सिमरा : बाराको डुमरवानामा गत शुक्रबार खाना पकाउने सिलिण्डरबाट ग्यास लिक भई आगलागी हुँदा जलेर घाइते भएका सात जनामध्ये एकजनाको मृत्यु भएको छ। काठमाडौं साखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा बुधबार बिहान २८ वर्षीया ज्ञानिमाया मोक्तानको मृत्यु भएको हो । कीर्तिपुर बर्न सेन्टरमा उपचाररत मोक्तानलाई मंगलबार साँझ सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। 

कीर्तिपुर अस्पतालको आइसीयुबाट निकालिएपछि परिवारले उनलाई साँखु लगेका थिए। मोक्तानको बिहान ३ बजे मृत्यु भएको आफन्तले जानकारी गराएका छन्। मोक्तानसहित घटनामा जलेर घाइते भएका सातैजनाको कीर्तिपुरमै उपचार भइरहेको थियो। 

प्रकाशित मिति: : 2019-06-12 12:26:20

प्रतिकृया दिनुहोस्