मुसाबाट सर्ने भाइरसबाट अफ्रिकी राष्ट्र सेसेल्समा नेपालीको मृत्यु

स्व सिमबहादुर गुरुङ

मुसाबाट सर्ने रोग लागेर पूर्वी अफ्रिकामा कार्यरत एक नेपालीले जेठ तेस्रो हप्ता ज्यान गुमाएका छन्।

कम्प्लिकेटेड लेप्टोपिरोसिस नामक रोग लागेर नवलपुरका सिमबहादुर गुरुङले २१ जेठमा ज्यान गुमाएका हुन्।

गैरआवासीय नेपाली संघ सेसेल्सका अध्यक्ष आरपी पन्तका अनुसार, स्वास्थ्यमा समस्या देखिएपछि भिक्टोरियास्थित एक अस्पताल लगिएको थियो।

उपचारकै क्रममा रहेका बेला ४८ वर्षीय गुरुङको २१ जेठमा निधन भएको र मुसाबाट सर्ने भाइरसका कारण उनको निधन भएको प्रतिवेदन अस्पतालले दिएको बताइएको छ।

‘अघिल्लो आइतबार (१९ जेठ) उहाँ ठीकै हुनुहुन्थ्यो’ अध्यक्ष पन्तले भने, ‘सोमबार (२० जेठ) देखि स्वास्थ्यमा समस्या देखिन थालेको रहेछ।’

सोमबारदेखि शारीरिक रुपमा सुस्तता आउन थालेपनि गुरुङले साथीभाईहरुलाई आफ्नो स्वास्थ्य त्यति धेरै खराव नरहेको जानकारी दिएका थिए।

प्रकाशित मिति: : 2019-06-11 14:54:13

प्रतिकृया दिनुहोस्