अहिलेको निराशाजनक अवस्था – ‘अधुरो क्रान्तिको पीडा’

तस्बिरः रातोपाटी

देशमा संविधान जारी भएको चार वर्ष पूरा हुँदैछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान नेपाली जनताले पहिलो पटक संविधानसभाबाट बनाएपछि एउटा युगको परिवर्तन भएकै हो । त्यसपछि जुन दिशामा देश जानुपथ्र्यो, त्यो दिशामा नगएको सर्वत्र अनुभूत हुँदैछ ।

 

खासगरी संविधानसभाबाट जारी संविधान पछिको पहिलो निर्वाचनमा नेकपा नाम गरिएको पहिलेको एमाले र प्रचण्ड नेतृत्वको माओवादी मिलेर दुई तिहाइको सरकार बन्यो । त्यसबाट यो परिवर्तनलाई संस्थागत गर्दै आमूल परिवर्तनको दिशामा देश जान्छ, विकास, समृद्धि र सुशासन कायम हुन्छ भन्ने जुन परिकल्पना थियो, त्यो नहुँदा जनता निराश र अन्योलमा पर्दै गएको अवस्था छ ।

अधुरो क्रान्तिको पीडा : पुरानै शक्ति हावी

नेपालमा २००७ साल आसपासदेखि सुरु भएको आन्दोलन माओवादी जनयुद्धको क्रममा उत्कर्षमा पुग्यो । त्यसैको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र बन्यो । त्यसपछि पनि अहिलेको यो निराशाजनक अवस्थाको मुख्य कारण ‘अधुरो क्रान्तिको पीडा’ हो ।

जस्तो युरोप, अमेरिका, रुस, चीनलगायतका देशमा क्रान्तिकारी शक्तिहरूले पूर्ण विजय हासिल गरे । त्यतिबेलाको राज्यसत्तालाई आमूल रूपान्तरण गरेर राजनीतिक उपरीसंरचना मात्रै होइन, प्रशासनिक ढाँचा, न्यायालय, सुरक्षा संयन्त्र, आर्थिक, सामाजिक, सांस्कृतिक संरचनाहरूलाई पनि बदलेर जगैदेखि नयाँ बनाए । त्यसले छिटो गतिमा देश र समाजको विकास भयो ।

 

प्रकाशित मिति: : 2019-06-11 07:44:37

प्रतिकृया दिनुहोस्