भारतबाट चोरिएका मोबाइल नेपालमा बिक्रीः किन्दै हुनुहुन्छ ? फसिएला नि !

भारतको राजधानी नयाँ दिल्लीबाट चोरी गरिएका मोबाइल नेपालका बजारमा ल्याएर बेच्ने गरिएको पाइएको भारतीय प्रहरीले जनाएको छ । सो सम्बन्धी समाचार सोमबारको भारतीय दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित भएको छ । समाचारमा जनाइएअनुसार ती मोबाइल ६० लाख भारु मूल्य बराबरका छन् । यसरी चोरी गरिएका मोबाइलमा ९० वटा आइफोन छन् । सातजनालाई पक्राउ गरिएपछि मोबाइल सेट फिर्ता लिइएको जनाइएको छ । 

विभिन्न ब्रान्डका तीनसय १० वटा मोबाइल दिल्लीमा चोरी भएका थिए । यसरी चोरी गर्नेमा मध्य दिल्लीको गफ्फर मार्केटमा मोबाइल मर्मतको काम गर्ने व्यक्तिहरु भएको प्रहरीको क्राइम ब्रान्चका डिपुटी कमिसनर राजेश देवले बताएका छन् ।

प्रकाशित मिति: : 2019-06-08 11:00:20

प्रतिकृया दिनुहोस्